शिक्षक आन्दोलन
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
मङ्गलबार, १६ वैशाख २०८२, २० : १३
काठमाडौँ । नेपाल शिक्षक महासंघका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबिच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा सुरु भएको वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल हुनेछ । हिजोको वार्तामा सकारात्मक रहेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन ।
मंगलबार महासंघको विस्तारित पदाधिकारी बैठक बसेको थियो । बैठक सकेपछि शिक्षामन्त्रीसँग वार्ताका लागि सिंहदरबार गएका हुन् ।
बैठकले आन्दोलन सँगसँगै सरकारसँग निर्णायक वार्ता गर्ने निर्णय गरेको थियो । शिक्षा मन्त्रीले दिउँसो नै शिक्षकहरुसँग बैठक बोलाएका थिए । तर, महासंघको बैठक लम्बिएपछि वार्ताको समय पर धकेलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण