शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
काठमाडौं । निष्कर्षविहिन शिक्षकहरुसँगको वार्तामा अर्थमन्त्री र गृहमन्त्री समेत सहभागी भएकाले वातावरण प्रगतिउन्मुख भएको बताइएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको वार्तामा शिक्षकहरु पनि सकारात्मक रुपमा प्रस्तुत भएको जिकिर गर्दै सरकारी पक्षले वातावरण प्रगतिउन्मुख भएको बताएको हो ।
जुन वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक समेत सहभागी भएको शिक्षामन्त्री रघुजी पन्तले जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पन्तले शिक्षक महासङ्घसँग निरन्तर रहेको वार्ता सकारात्मक दिशामा अघि बढेको समेत बताए । शिक्षकका माग सेवा सुविधा तथा आर्थिक पक्षसँग समेत सम्बन्धित रहेकाले उपप्रधान तथा अर्थमन्त्री पौडेल समेत सहभागी भएको बताइएको छ ।
शिक्षकहरुसँगको वार्ता सक्दो चाँडो टुङ्गोमा पुर्याउने वार्तापछि मन्त्री पन्तले सञ्चारकर्मीलाई थाहा दिए । वार्तामा महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी तथा आन्दोलनको नेतृत्व गरिरहेका शिक्षकको टोली सहभागी भएको जनाइएको छ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार दुई पल्ट वार्ता भएको थियो ।
महासंघको अगुवाईमा विभिन्न शिक्षक सङ्घ सङ्गठनले यसअघिका सम्झौता कार्यान्वयन गर्न तथा संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न भन्दै चैत २० गतेदेखि निरन्तर काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठन–पाठन तथा भर्ना अभियान प्रभावित भएको छ भने पूर्वनिर्धारित कक्षा १२ को परीक्षा समेत सरेको अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण