परिणाममुखी काम गर्न नसके कमान्डबाट फिर्ता गर्ने सशस्त्रका आईजीपी अर्यालको चेतावनी
काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले परिणाममुखी काम गर्न नसके जुनसुकै बेला कमान्डबाट फिर्ता गर्ने चेतावनी दिएका छन् । कमान्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकहरुलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।
सशस्त्र प्रहरी मुख्यालयमा निर्देशन दिँदै उनले भने, ‘सशस्त्र प्रहरीको वर्दी चम्काउने कl यसलाई धुमिल पार्ने भन्ने जिम्मा तपाईंहरुको हातमा छ त्यसैले संवेदनशील भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोस् ।' महानिरीक्षक अर्यालले मेरो संगठन भनेर काम गर्न, लोभलालचमा नफस्न र संगठनको नीति नियम अनुसार काम गर्न समेत निर्देशन दिए ।
मातहत कर्मचारीले गल्ती गरे सम्बन्धित बाहिनीका बाहिनीपतिहरुलाई कारबाही गर्ने चेतावनी दिँदै महानिरीक्षक अर्यालले बाहिनीदेखि गण, गुल्मसम्मका स्थायी कार्यालयहरुको प्रत्येक ३/३ महिनामा कमान्डको पुनरावलोकन तथा पुनर्मुल्याङ्कन गरिने र त्यसमा कमजोर देखिए कमान्ड हेरफेर तथा फिर्तासम्म गरिने बताए । महानिरीक्षक अर्यालले समुदाय लक्षित विपद् स्वयंसेवक तालिम अझ प्रभावकारी रूपमा तत्काल सञ्चालन गर्न नयाँ कल्याणकारी योजना ल्याउन र पुराना कल्याणकारी कार्यलाई निरन्तरता दिन तथा १ महिनाभित्र सबै कमान्डरले आफ्नो कार्ययोजना मुख्यालयमा पठाउनसमेत निर्देशन दिए ।
सो अवसरमा विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, हालै सरुवा भएर कमान्डमा जान लागेका प्रदेशस्थित बाहिनी मुख्यालयका बाहिनीपतिहरु तथा शिक्षालयका समादेशकहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण