धादिङमा कुटपिट गरेर पुरुषको हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित रायोटारमा मृत भेटिएका सुक बहादुर तामाङ ‘सुबा’ को हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । रुबिभ्याली गाउँपालिका–४ घर भएका सुक बहादुर वैशाख १२ मा नीलकण्ठ नगरपालिका–४ रायोटार प्लटिङ सडकमा मृत भेटिएका थिए ।
उनलाई कुटपिट गरेर हत्या गरिएको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले रातोपाटीलाई बताए । ५० वर्षीय सुक बहादुर तामाङको हत्यामा संलग्न आरोपमा प्रहरीले सुमन सुनारलाई पक्राउ गरेको छ ।
गजुरी गाउँपालिका–५ स्थित न्यौपाने गाउँ घर भएका २० वर्षीय सुमन नीलकण्ठ नगरपालिका स्थित रायोटारमा बस्दै आएका थिए । डीएसपी हमाल भन्छन्, ‘आरोपीले कुटपिट गरेर हत्या गरेको देखिन्छ ।’
वैशाख १४ मा प्रहरीले आरोपीविरुद्ध धादिङ जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द