शिक्षक आन्दोलनसम्बन्धी रिटमाथि सुनुवाइ सकियो
काठमाडौँ । शिक्षक आन्दोलनका कारण विद्यार्थीको शिक्षासम्बन्धी हकमा गम्भीर असर परेकाले विद्यार्थीले समयमै विद्यालयमा पढ्न लेख्न पाउने वातावरण मिलाउन माग गर्दै अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सकिएको हो । यसअघि उक्त रिटमाथि सुनुवाइ गर्दै गत वैशाख ११ गते न्यायाधीश नहकुल सुवेदीको इजलासले तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरी पठनपाठनमा फर्काउने वातावरण सुनिश्चित गर्न आदेश गरेको थियो ।
उक्त आदेश कार्यान्वयनको प्रगति पेस गर्न शिक्षा मन्त्रालयको नाममा निर्देशनात्मक आदेश गरिएकोमा मन्त्रालयले हालसम्मको प्रगति अदालतमा पेस गरिसकेको छ । सर्वोच्च अदालत मुद्दा महाशाखा प्रमुखले आज उक्त प्रतिवेदन इजलाससमक्ष पेस गरेका छन् ।
अधिवक्ता चौधरीले दायर गरेको रिट र मुद्दा महाशाखा प्रमुखले पेस गरेको आदेश कार्यान्वयनको प्रतिवेदनमाथि सुनुवाइ सकिएको हो ।
गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । आन्दोलन र सरकारसँग वार्ता सँगसँगै अघि बढिरहेकोमा माग पूरा गर्नेगरी समझदारी हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण