शिक्षक आन्दोलनसम्बन्धी रिटमाथि सुनुवाइ सकियो

काठमाडौँ । शिक्षक आन्दोलनका कारण विद्यार्थीको शिक्षासम्बन्धी हकमा गम्भीर असर परेकाले विद्यार्थीले समयमै विद्यालयमा पढ्न लेख्न पाउने वातावरण मिलाउन माग गर्दै अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सकिएको हो । यसअघि उक्त रिटमाथि सुनुवाइ गर्दै गत वैशाख ११ गते न्यायाधीश नहकुल सुवेदीको इजलासले तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरी पठनपाठनमा फर्काउने वातावरण सुनिश्चित गर्न आदेश गरेको थियो ।
उक्त आदेश कार्यान्वयनको प्रगति पेस गर्न शिक्षा मन्त्रालयको नाममा निर्देशनात्मक आदेश गरिएकोमा मन्त्रालयले हालसम्मको प्रगति अदालतमा पेस गरिसकेको छ । सर्वोच्च अदालत मुद्दा महाशाखा प्रमुखले आज उक्त प्रतिवेदन इजलाससमक्ष पेस गरेका छन् ।
अधिवक्ता चौधरीले दायर गरेको रिट र मुद्दा महाशाखा प्रमुखले पेस गरेको आदेश कार्यान्वयनको प्रतिवेदनमाथि सुनुवाइ सकिएको हो ।
गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । आन्दोलन र सरकारसँग वार्ता सँगसँगै अघि बढिरहेकोमा माग पूरा गर्नेगरी समझदारी हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारले ल्यायो ६७ अर्ब ४७ करोडको बजेट
-
अझै आएन कर्णालीको बजेट : सांसद्देखि कर्मचारीहरू बाहिर कुरेको कुर्यै, नेताहरू छलफलमै व्यस्त
-
मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा
-
इजरायल–इरानबिच तनाव : नेपालीको सुरक्षामा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण
-
१० बजे, १० समाचार : प्रदेशले ल्याए बजेट, विपक्षीको विरोधकै बिच प्रतिनिधिसभा बैठक
-
मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा लाग्ने प्रतिबद्धता