पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छौँ –मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐनलाई परिमार्जन गरेर समय सापेक्ष बनाउने बताएका छन् । बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औँ वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको बताएका हुन् । उनले अब चाडै नै उक्त मस्यौदालाई चाँडै नै मन्त्रीपरिषद् हुँदै संसदमा लैजाने प्रतिबद्धता व्यक्त गरे।
पशुपतिनाथ विश्वका हिन्दु धर्मावलम्बीहरूको आस्थाको धरोहरको केन्द्रबिन्दु रहेको बताउँदै उनले पशुपतिनाथले नेपालाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल भएको बताए। मन्त्री पाण्डेले नेपालको सभ्यताको पहिचानको रूपमा रहेको पशुपति नाथलाई थप व्यवस्थित गर्दै अघि बढ्ने प्रतिबद्धता गरे। पछिल्लो समय नराम्रा कुराको अत्यधिक प्रचार प्रसारका कारण राम्रा कुराहरू ओझेलमा परेको प्रति चिन्ता जाहेर गरे।
पशुपति क्षेत्र कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले नराम्रा कुराको प्रचार हुँदा मुलुकबाट बौद्धिक व्यक्तित्वहरूको पलायन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै मुलुक बनाउनका लागि बौद्धिक व्यक्तित्वहरूको आवश्यकता औँल्याए ।
त्यसै गरी उनले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी विकास कोष र पशुपति विकास कोषबिच एक आपसमा सहकार्य सहित अघि बढ्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण