कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने प्रारम्भिक अनुमान
बुधबार, १७ वैशाख २०८२, १५ : ४९
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । बुधबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ वार्षिक राष्ट्रिय लेखातथ्याङ्कअनुसार यस्तो अनुमान गरेको हो ।
साथै गैर कृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत रहेको थियो भने गैर कृषि क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर ३.०२ प्रतिशत तथा गैर कृषि क्षेत्रको वृद्धिदर १.९८ प्रतिशत कायम भएको छ । यसैगरी प्राथमिक औद्योगिक क्षेत्रको ३.२५ द्वितीय औद्योगिक क्षेत्रको ४.६५ र सेवा क्षेत्रको ४.२१ प्रतिशत वृद्धिदर हुने अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण