शिवम् सिमेन्टको विश्वकप भविष्यवाणी कार्यक्रम, विजेतालाई आकर्षक पुरस्कार
काठमाडौं । शिवम् सिमेन्टले आगामी फिफा विश्वकप २०१८ को महाउत्सवको अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजना अन्तर्गत वल्र्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने भएको छ ।
हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्न सक्ने जनाएको छ । यस खेलमा सहभागी हुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रेडिक्ट एण्ड विन पोष्ट को लिंकमा गई हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यबाणी गर्नुपर्ने छ ।
हरेक दिन हरेक खेलमा आएको उत्तरहरु मध्ये सही उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । २०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको प्रेडिक्ट एण्ड विन खेललाई यसपटक पनि निरन्तरता दिएको कम्पनिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार, संलग्न ५ जना भारतीय पक्राउ
-
सङ्घीय बजेट बेलुन फुलेजस्तो, प्रदेश बजेट चाहिँ कस्तो ?
-
सडक निर्माण भ्रष्टाचार मुद्दामा निर्माण व्यवसायीसहित चार जनाले पाए सफाइ
-
विश्वविद्यालयका उपकुलपति उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्ता असार १३ देखि १५ गतेसम्म
-
नेकपा कोशी प्रदेशको कार्य विभाजन टुङ्गियाे, जिल्ला र विभागहरूमा जिम्मेवारी बाँडफाँड
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण