बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

पाकिस्तानी डिजाइनरसँग डिनर गरेपछि भारतमा करिनाको आलोचना

बिहीबार, १८ वैशाख २०८२, १२ : १४
बिहीबार, १८ वैशाख २०८२

नयाँ दिल्ली । २२ अप्रिलमा पहलगाममा आतङ्कवादी हमला भएयता भारत र पाकिस्तानको सम्बन्ध चिसिएको छ । एक नेपाली समेत २६ जनाको मृत्यु भएको यस घटनाको जिम्मेवारी पाकिस्तानको आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबाले जिम्मेवारी लिएपछि भारतीयहरूमा पाकिस्तानप्रति आक्रोश चुलिएको छ । फिल्म उद्योगका व्यक्तिहरूले पनि पाकिस्तानको विरोध गर्दै बयान दिइरहेका छन् । 

यसैबिच, करlना कपूर खानको एउटा तस्बिर भाइरल भएको छ । यसमा उनी एक पाकिस्तानी डिजाइनरसँग डिनर गरिरहेको देखिन्छिन् । तस्बिर बाहिरिने बित्तिकै मानिसहरू करिनामाथि खनिएका छन् । कतिपय निटिजन्सले त उनलाई देशद्रोही नै भनिरहेका छन् । 

हालै फिल्म फेडरेशनले कुनै पनि पाकिस्तानी कलाकारसँग काम गर्ने जो कोही विरुद्ध देश द्रोहको मुद्दा दायर गर्ने घोषणा गरेको थियो ।

तस्बिरमा करिना कपूरको काँधमा हात राख्ने व्यक्ति पाकिस्तानी डिजाइनर फराज मन्नान हुन् । पहलगाम हमलापछि करिना कपूर २७ अप्रिलमा दुबई गएकी थिइन् । उनी दुबईमा भएको एक कार्यक्रमको हिस्सा थिइन्, जसमा फराजले पनि सहभागी भएका थिए । फराज आफैँले यो भेटघाटका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका थिए, जुन अहिले भाइरल भइरहेको छ । 

‘एकातिर भारत पाकिस्तानसँग युद्ध लडिरहेको छ भने अर्कोतिर करिना कपूर दुबईमा एक पाकिस्तानी डिजाइनरसँग फोटोसुट गर्न व्यस्त छिन् । उनले पहिले पनि उनीसँग काम गरिसकेकी छिन् । गत वर्ष, करिनाले प्यालेस्टाइनलाई समर्थन गरेकी थिइन्, तर अब उनी आफ्नो देशको लागि उभिरहेकी छैनन् । के देशको लागि सेनाले मात्र बलिदान दिनुपर्छ ? के बलिउड सेलिब्रेटीहरूको आफ्नो देशप्रति कुनै कर्तव्य छैन ?’ एक्स प्लेटफर्मका एक प्रयोगकर्ताले तस्बिरहरू पोस्ट गर्दै लेखेका छन् । 

एक प्रयोगकर्ताले यो पोस्टमा रिसाउँदै लेखेका छन्, ‘देशको लागि उनले केही गर्नु छैन । उनीहरूलाई केवल आफ्नै मात्र वास्ता छ ।’ धेरै प्रयोगकर्ताहरूले उनलाई देशद्रोही पनि भनिरहेका छन् । करिना कपूरले फराजसँग मात्र काम गरिसकेकी छिन् । यी दुई असल साथी पनि हुन् । 

करिनाले पनि धेरै अवसरमा फराजसँगका फोटो शेयर गरेकी छिन् । पाकिस्तानी डिजाइनर फराज मन्नान दुबईका एक प्रसिद्ध डिजाइनर हुन् । करिना कपूर खानभन्दा अगाडि कयौँ भारतीय सेलिब्रेटीहरूले उनका पहिरन लगाएका छन् । यसमा करिनाका काकाका छोरा रणवीर कपूर, आलिया भट्ट, कियारा आणवाणी,अनन्या पान्डे, तारा सुतारिया जस्ता कयौँ सेलिब्रेटीहरू पर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप