पाकिस्तानी डिजाइनरसँग डिनर गरेपछि भारतमा करिनाको आलोचना
नयाँ दिल्ली । २२ अप्रिलमा पहलगाममा आतङ्कवादी हमला भएयता भारत र पाकिस्तानको सम्बन्ध चिसिएको छ । एक नेपाली समेत २६ जनाको मृत्यु भएको यस घटनाको जिम्मेवारी पाकिस्तानको आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबाले जिम्मेवारी लिएपछि भारतीयहरूमा पाकिस्तानप्रति आक्रोश चुलिएको छ । फिल्म उद्योगका व्यक्तिहरूले पनि पाकिस्तानको विरोध गर्दै बयान दिइरहेका छन् ।
यसैबिच, करlना कपूर खानको एउटा तस्बिर भाइरल भएको छ । यसमा उनी एक पाकिस्तानी डिजाइनरसँग डिनर गरिरहेको देखिन्छिन् । तस्बिर बाहिरिने बित्तिकै मानिसहरू करिनामाथि खनिएका छन् । कतिपय निटिजन्सले त उनलाई देशद्रोही नै भनिरहेका छन् ।
हालै फिल्म फेडरेशनले कुनै पनि पाकिस्तानी कलाकारसँग काम गर्ने जो कोही विरुद्ध देश द्रोहको मुद्दा दायर गर्ने घोषणा गरेको थियो ।
तस्बिरमा करिना कपूरको काँधमा हात राख्ने व्यक्ति पाकिस्तानी डिजाइनर फराज मन्नान हुन् । पहलगाम हमलापछि करिना कपूर २७ अप्रिलमा दुबई गएकी थिइन् । उनी दुबईमा भएको एक कार्यक्रमको हिस्सा थिइन्, जसमा फराजले पनि सहभागी भएका थिए । फराज आफैँले यो भेटघाटका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका थिए, जुन अहिले भाइरल भइरहेको छ ।
‘एकातिर भारत पाकिस्तानसँग युद्ध लडिरहेको छ भने अर्कोतिर करिना कपूर दुबईमा एक पाकिस्तानी डिजाइनरसँग फोटोसुट गर्न व्यस्त छिन् । उनले पहिले पनि उनीसँग काम गरिसकेकी छिन् । गत वर्ष, करिनाले प्यालेस्टाइनलाई समर्थन गरेकी थिइन्, तर अब उनी आफ्नो देशको लागि उभिरहेकी छैनन् । के देशको लागि सेनाले मात्र बलिदान दिनुपर्छ ? के बलिउड सेलिब्रेटीहरूको आफ्नो देशप्रति कुनै कर्तव्य छैन ?’ एक्स प्लेटफर्मका एक प्रयोगकर्ताले तस्बिरहरू पोस्ट गर्दै लेखेका छन् ।
एक प्रयोगकर्ताले यो पोस्टमा रिसाउँदै लेखेका छन्, ‘देशको लागि उनले केही गर्नु छैन । उनीहरूलाई केवल आफ्नै मात्र वास्ता छ ।’ धेरै प्रयोगकर्ताहरूले उनलाई देशद्रोही पनि भनिरहेका छन् । करिना कपूरले फराजसँग मात्र काम गरिसकेकी छिन् । यी दुई असल साथी पनि हुन् ।
करिनाले पनि धेरै अवसरमा फराजसँगका फोटो शेयर गरेकी छिन् । पाकिस्तानी डिजाइनर फराज मन्नान दुबईका एक प्रसिद्ध डिजाइनर हुन् । करिना कपूर खानभन्दा अगाडि कयौँ भारतीय सेलिब्रेटीहरूले उनका पहिरन लगाएका छन् । यसमा करिनाका काकाका छोरा रणवीर कपूर, आलिया भट्ट, कियारा आणवाणी,अनन्या पान्डे, तारा सुतारिया जस्ता कयौँ सेलिब्रेटीहरू पर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण