एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने
काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।
एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्याउने लक्ष्य लिएको बताए ।
उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ । ‘नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौँ,’ उनले भने, ‘त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विवरण बुझाउन भन्छौँ ।’
सचिव ढुङ्गेलले हाल पार्टी सदस्यता पाँच लाख ५० हजार रहेको जानकारी दिए । उनले भने, ‘आगामी विधान महाधिवेशनसम्म सात लाख ५० हजार पु(याउने हाम्रो लक्ष्य हो ।’ एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण