सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्रपामा आबद्ध मुस्लिम समुदायका ताहिर अली भन्छन्- नेपाल हिन्दुराष्ट्र हुनुपर्छ

बिहीबार, १८ वैशाख २०८२, १५ : ५५
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । हिन्दुवादी पार्टी राप्रपाका सहायक महामन्त्री हुन्, ताहिर अली  । मुस्लिम धर्मावलम्बी उनले नेपाल हिन्दुराष्ट्र नै हुनुपर्ने बताएका छन् ।  

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'हामी नेपाली मुसलमानहरु नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ भन्ने मान्यताका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध भएका हौँ ।'

तर  पार्टीकै प्रवक्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) ले मुस्लिम समुदायलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै उनले विरोध गरेका छन् । 

उनले विज्ञप्तिमा भनेका छन्, 'शाहीको अभिव्यक्तिले हामी समस्त मुस्लिम समुदायमा चोट पुग्न गएको छ । तसर्थ भारतको जम्मु कश्मीर पहलगामको घटनामा दिनुभएको अभिव्यक्तिलाई तत्काल सच्चाउन बिनम्र आग्रह गर्दछौ ।' साथै उनले आगामी दिनमा धार्मिक सहिष्णुतामा खलल पुग्ने यस प्रकारको अभिव्यक्ति नदिन पनि शाहीलाई आग्रह गरेका छन् । 

यसैगरी उनले विज्ञप्तिमा भारतको जम्मु कश्मीर पहलगाममा भएको हमलाबाट १ जना नेपाली सहित २६ जना निर्दोष र निहत्थाको हत्या भएकोमाखेद प्रकट गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप