६ अर्ब बराबरको अलैँची निर्यात, सबैभन्दा धेरै भारतमा
बिहीबार, १८ वैशाख २०८२, २१ : ०७
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा ६ अर्ब बराबरको अलैँची निर्यातबाट ६ अर्ब बराबर रकम भित्रिएको छ ।
यो अवधिमा ६ अर्ब २६ करोड ९ लाख ३० हजार रुपैयाँको ३४ लाख ४४ हजार २९५ किलो अलैँची निर्यात भएको भन्सार विभागले जनाएको छ ।
यसमध्ये सबैभन्दा ठूलो परिमाणमा भारतमा निर्यात भएको छ । भारतमा ६ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपैयाँको निर्यात भएको छ । यस्तै ८५ लाख २१ हजार रुपैयाँको ६ हजार किलो युएईमा, ७ लाख २० हजार रुपैयाँको २४० किलो फ्रान्सतर्फ निर्यात भएको छ ।
यसैगरी ३ लाख ८४ हजार रुपैयाँको २४० किलो अस्ट्रेलिया र ४४ हजार रुपैयाँको १५ किलो अलैँची स्वीजरल्याण्डमा निर्यात भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण