शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो छ शुक्रबारको संसद् बैठकको सम्भावित कार्यसूची

बिहीबार, १८ वैशाख २०८२, २१ : २५
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । बजेट अधिवेशनका रुपमा रहेको संसद्को पाँचौ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । बिहीबार संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । 

शुक्रबार दिउँसो तीन बजे राष्ट्रपति पौेडेलले संघीय संसद्का दुवै (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठकलाई सम्बोधन गर्ने दैनिक कार्यसूची छ ।  

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची छ । 

त्यस्तै सभामुख घिमिरेले राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई वैशाख १९ गते शुक्रबार गरेको सम्बोधनको लागि धन्यवाद ज्ञापन गर्ने सम्भावित कार्यसूची छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप