यस्तो छ शुक्रबारको संसद् बैठकको सम्भावित कार्यसूची
काठमाडौँ । बजेट अधिवेशनका रुपमा रहेको संसद्को पाँचौ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । बिहीबार संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।
शुक्रबार दिउँसो तीन बजे राष्ट्रपति पौेडेलले संघीय संसद्का दुवै (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठकलाई सम्बोधन गर्ने दैनिक कार्यसूची छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची छ ।
त्यस्तै सभामुख घिमिरेले राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई वैशाख १९ गते शुक्रबार गरेको सम्बोधनको लागि धन्यवाद ज्ञापन गर्ने सम्भावित कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण