निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
काठमाडौँ । निर्वाचन आयोगले आगामी दिनमा मतदान प्रक्रियालाई लैङ्गिक, अपाङ्गता तथा समावेशी दृष्टिकोणले अझ सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
सोमबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) को नेतृत्वमा १५ वटा गैरसरकारी संस्थाले तयार पारेको 'प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ः लैङ्गिक, अपाङ्गता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षण प्रतिवेदन’ अनावरण कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त डा. जानकी तुलाधरले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
आयुक्त तुलाधरले हाल प्रतिनिधि सभामा छलफलको क्रममा रहेको निर्वाचन विधेयकले कानुनी रूप लिएपछि निर्वाचनका धेरै कमजोरीहरूमा सुधार आउने बताइन् ।
‘निर्वाचन आयोगले मतदान प्रक्रिया लैङ्गिक, अपाङ्गतामैत्री तथा समावेशी दृष्टिकोणले थप प्रभावकारी रूपमा मूलप्रवाहीकरण गर्नेछ,’ उनले भनिन्, ’मतदान केन्द्र र मतदाता शिक्षा सामग्रीलाई क्रमशः सबैको पहुँचको मापदण्डअनुसार विकास गरिनेछ ।’
उनले समयअनुसार प्रविधिको प्रयोग बढाउने र महिला, युवा, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी विशेष मतदाता शिक्षा कार्यक्रम विस्तार गर्ने योजना समेत सुनाइन् । साथै, निर्वाचनमा खटिने कर्मचारी र स्वयंसेवकका लागि लैङ्गिक तथा समावेशीकरणसम्बन्धी तालिमलाई संस्थागत गरिने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण