१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
सारांश
- संघीय सरकारले १० सचिवको सरुवा गरेको छ ।
- सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसले आफ्ना मन्त्री फेरबदल गरेको छ ।
- वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख निलम्बनमा परेका छन् ।
आज २०८३ जेठ २५ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा १० सचिवको सरुवा, सुदूरपश्चिम सरकारमा कांग्रेसका मन्त्री फेरिए, प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरण, मुद्दा दायर भएसँगै वीरगञ्ज महानगरका मेयर निलम्बित, सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, संसदमा विपक्षी दलको अवरोध कायमै, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही लगायत छन् ।
१. १० सचिवको सरुवा
सङ्घीय सरकारले १० सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत शुक्रबार बसेको मन्त्रिपरिषदको निर्णयका आधारमा सचिवहरूको सरुवा गरिएको हो ।
२. सुदूरपश्चिम सरकारमा कांग्रेसका मन्त्री फेरिए
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसले आफ्ना मन्त्री फेरबदल गरेको छ । पुराना मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँलाई सरकारमा सहभागी गराइएको हो । सत्ता साझेदार दल नेकपा एमालेभित्र भने मन्त्री फेर्ने विषयले विवाद निम्त्याएको छ ।
३. प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरण
सङ्घ सरकारले आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत प्रदेश र स्थानीय तहलाई कुल ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।
४. मुद्दा दायर भएसँगै वीरगञ्ज महानगरका मेयर निलम्बित
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको पद स्वतः निलम्बनमा परेको हो ।
५. सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो
सत्ता पक्ष र विपक्षी दलबिच लामो समयदेखि कायम रहेको संवादहीनता तोडिएको छ । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयोजना गरेको सर्वदलीय बैठकमा विपक्षी दल सहभागी भएसँगै संवादहीनता तोडिएको हो ।
६. संसदमा विपक्षी दलको अवरोध कायमै
संसदमा विपक्षी दलले अवरोध कायमै राखेका छन् । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विरोधमा विपक्षी दलले संसदमा अवरोध गर्दै आएका छन् ।
७. रास्वपाको जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद
राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन जारी छ । सोमबार बिहानसम्म ५६ जिल्लामा अधिवेशन भइसक्दा मधेसमा भने हुन सकेको छैन ।
८. ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ)लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । सवारी चलाउँदा अपनाउनुपर्ने न्यूनतम सतर्कता समेत नअपनाई लापरबाहीपूर्ण ढंगले सवारी चलाएको भन्दै उनलाई कारबाहीको दायरामा ल्याइएको हो ।
९. वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द
वीर अस्पतालमा रहेका दुई वटै सिटी स्क्यान मेसिन बिग्रिएपछि एक महिनादेखि यो सेवा बन्द छ । रोग निदानका लागि महत्त्वपूर्ण मानिने सिटी स्क्यान सेवा बन्द हुँदा बिरामीहरू ट्रमा सेन्टर तथा निजी अस्पतालमा जान बाध्य भएका छन् ।
१०. हिमनदी र हिमपहिरोले लिँदैछ डरलाग्दो रूप
नेपालमा हिमनदी र हिमपहिरोले डरलाग्दो रूप लिँदैछन् । प्रकृति र जलवायु परिवर्तनबिचको सङ्घर्षमा मानिसले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्था निम्तिँदै गएको छ । यसबारे रातोपाटीले तयार पारेको विशेष सामग्री–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण