मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भेटवार्ता

रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?

सोमबार, २५ जेठ २०८३, २१ : ५२
सोमबार, २५ जेठ २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। 

सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । 

राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा लामिछानेले आफ्नो भारत भ्रमणबारे पौडेललाई जानकारी गराएका थिए । त्यस्तै भेटमा समसामयिक राजनीति र संसद्को गतिरोध अन्त्यबारे पनि संवाद भएको स्रोतले बताएको छ। 

लामिछानेले आफ्नो भारत भ्रमणबारे जानकारी गराउन बिहान सर्वदलीय बैठक समेत बोलाएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप