प्रिसा साह मृत्यु प्रकरण : भुवनेश्वर प्रहरीले के भन्यो ?
ओडिसा । भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा एक नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।
भुवनेश्वरका प्रहरी आयुक्त एस. देव दत्त सिंहले बिहीबार साँझ ७ बजेतिर प्रिसा साहको शव होस्टेलको कोठामा फेला परेको बताए। उनले भने, ‘फोरेन्सिक र प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको थियो र घटनामा अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको छ।’
प्रहरी आयुक्तले घटनाको बारेमा विद्यार्थीका अभिभावक र नेपाली दूतावासलाई जानकारी गराइएको बताए। उनका अनुसार मृतक नेपालको वीरगञ्जका बासिन्दा थिए। उनले यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको बताए।
यता, परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल सरकारले दिल्लीस्थित आफ्नो दूतावासमार्फत यस विषयमा निगरानी गरिरहेको बताएकी छन्। भारतका लागि नेपालका राजदूत डा. शंकर पी शर्माले प्रेशा शाहको निधनमा शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा आफ्नो पोस्टमा उनले लेखेका छन्, ‘हामी भारतीय विदेश मन्त्रालय, ओडिसा सरकार, प्रहरी र विश्वविद्यालयसँग सम्पर्कमा छौँ।’
यसअघि फेब्रुअरी १६ मा सोही संस्थानकी नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टेलमा मृत फेला परेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना (तस्बिरहरू)
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
-
समाचार सार्वजनिक भएपछि काट्न थालियो दशरथ रङ्गशालाको घाँस (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण