एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुल्यो

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गर्ने बाटो खुला भएको छ । महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दा शुक्रबार समेत हेर्न नमिल्ने भएसँगै शनिबारदेखि एकताको महाधिवेशन गर्ने बाटो खुला भएको हो ।
एनआरएनए एकताको महाधिवेशन पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा शनिबारदेखि सोमबारसम्म राजधानीको हायात होटलमा हुँदैछ ।
व्यक्तिगत इगो र राजनीतिक कारणले विवादमा फसेको एनआरएनएमा सर्वोच्चको परमादेशअनुसार गठन भएको उच्चस्तरीय समितिका संयोजक शेष घले पक्ष र ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी पक्षबीच विवाद रहँदै आएको छ ।
गत वर्षको चैतमा सर्वोच्चले घलेलाई एकताको महाधिवेशन गर्न परमादेश दिएको थियो ।
सोही अनुसार उनले एकता महाधिवेशन तय गरेपनि बद्री केसी सर्वोच्चको परमादेशपछि सर्वोच्चले दिएको अर्को आदेशबाट आफू आधिकारिक भएको दाबी गर्दै घलेले गराउने एकता महाधिवेशनलाई चुनौती दिँदै अदालत गएका थिए ।
महाधिवेशनअघि उनले उक्त महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन् । यसअघि परराष्ट्र मन्त्रालयको सिफारिसको आधारमा महान्यायाधिवक्ताको कार्यालयले समेत ६ महिना एकताको महाधिवेशन पर सार्न सर्वोच्चमा निवेदन दिएको थियो ।
तर, सोविरुद्ध फेरि उच्चस्तरीय समितिको पक्षमा राजेश शमशेर राणाले तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने जिकिर गर्दै अर्को मुद्दा दायर गरेका थिए । दुवै मुद्दालाई अदालतमा एकसाथ सुनुवाइ गर्नेगरी पेसी तोकेको भएपनि हेर्न नमिल्ने हुँदै आएकोमा शुक्रबार पनि सोही क्रमले निरन्तरता पायो ।
सर्वोच्चमा शुक्रबार पनि दुवै पक्षको मुद्दा एकसाथ राखेर सुनुवाइ गर्नेगरी पेसी तोकिँदा न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासमा मुद्दा हेर्न नमिल्ने भएको हो। अदालतले अर्को पेसी तोकिसकेको छैन ।
एकता महाधिवेशनमा विश्वभरका एनआरएनहरु काठमाडौँमा भेला भइसकेको र परमादेशअनुसार महाधिवेशन सम्पन्न हुने अभियन्ता आरके शर्माले बताए । केसी पक्षका एनआरएनहरु भने महाधिवेशनमा सहभागी नहुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि, पर्यटन र पुरातत्वको उपत्यका ‘चित्लाङ’
-
प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
-
ब्रेन्टफोर्डका थोमस फ्राङ्क बने टोटनह्यामको नयाँ म्यानेजर
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने
-
नेसपा (नयाँ शक्ति) को निष्कर्ष : भ्रष्टीकृत पुराना सत्तासीन दलहरूका कारण वैकल्पिक शक्ति अनिवार्य (कार्यपत्रसहित)
-
गृह र श्रम मन्त्रालयसँगको समन्वयमा विदेश पुगेका नेपालीहरूका सम्बन्धमा अध्ययन भइरहेको छः राणा