एनआरएनएको एकता महाधिवेशनका लागि परराष्ट्रमन्त्रीलाई निम्तापत्र हस्तान्तरण
काठमाडौँ । एनआरएनएको शनिबारदेखि सुरु हुने एकता महाधिवेशनका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवालाई निम्तापत्र हस्तान्तरण गरिएको छ ।
एनआरएनए उच्चस्तरीय समितिका सदस्य विनोद कुँवर, अभियन्ता थर्क सेन लगायतका एनआरएनहरुले मन्त्रालयमा पुगेर निम्तापत्र हस्तान्तरण गरेका हुन् । सो क्रममा राणाले एनआरएनए एकता महाधिवेशन सफलताको शुभकामना दिँदै आफ्नो सहभागिता रहने प्रतिबद्धता जनाएको कुँवरले बताए ।
यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियालाई पनि शुक्रबार नै निम्तापत्र हस्तान्तरण गरिएको छ । उसअघि नै एकता महाधिवेशनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसहित विभिन्न दलका नेता, मन्त्री, सांसदलगायतलाई निम्तापत्र हस्तान्तरण गरिसकिएको छ ।
सर्वोच्चको परमादेशअनुसार उच्चस्तरीय समितिका संयोजक शेष घलेले एकताको महाधिवेशन गराउन लागेका हुन् । एकता महाधिवेशन रोक्न माग गर्दै दायर भएको मुद्दा समेत शुक्रबार हेर्न नमिल्ने भएसँगै महाधिवेशन सुनिश्चित भइसकेको छ। महाधिवेशनमा विश्वभरका २६४३ जना प्रतिनिधि सहभागी हुने कुँवरको भनाइ छ । उनीहरूलाई आजै आवश्यक प्रक्रिया पूरा गर्न समितिले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण