रेशम चौधरी पक्राउ प्रकरण
महिमानसिंह विष्टविरुद्ध अदालतको आदेश किर्ते गरेको कसुरमा अनुसन्धान
शुक्रबार, १९ वैशाख २०८२, १५ : ३०
काठमाडौँ । सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई प्रहरीले किर्ते मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्ने भएको छ । बुधवार नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने गरेपछि विष्ट पक्राउ परेका थिए ।
उनीविरुद्ध मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ (३) को ‘क’ र ‘ख’ सँग सम्बन्धित कसुरमा म्याद लिएर अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
शुक्रवार प्रहरीले उनलाई म्याद थप गर्न काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदै छ । मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ (३) को ‘क’ र ‘ख’ अनुसार अदालतको फैसला र आदेश किर्ते गर्न मिल्दैन । सो कसुर गर्नेलाई ८ वर्ष कैद र ८० हजार जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण