नीति तथा कार्यक्रममाथि बाबुरामको टिप्पणी–पास भयो, फस्ट डिभिजन आएन
शुक्रबार, १९ वैशाख २०८२, १६ : ५६
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम सामान्य पास मात्र भएको प्रतिक्रिया दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संयुक्त सदनमा सरकारको आगामी २०८२/८३ को नीति तथा कार्यक्रम बाचन गरेका थिए ।
भट्टराईले नीति तथा कार्यक्रममा यसअघिकै निरन्तरता भएको प्रतिक्रिया दिएका हुन् ।
‘बजेटमा कसरी आउँछ हेर्नुपर्छ । अहिलेसम्म दुई अङ्कको आर्थिक वृद्धिदर भएकै छैन । यसलाई हासिल गर्ने गरी नीति तथा कार्यक्रम आउनुपर्थ्यो । आएको देखिएन । सुशासनको क्षेत्रमा भ्रष्टाचारलाई नियन्त्रण गर्ने अङ्गहरूलाई बलियो अङ्ग बनाउँछौँ । सुधार गर्छौँ भन्न सक्नुपर्थ्यो । त्यो नबन्दा यसअघिकै निरन्तरता जस्तै भयो । सामान्य रूपमा पास भयो तर फस्ट डिभिजन आएन’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण