राष्ट्रपतिको सवारीमा सर्वसाधारणलाई दुःख नदिने घोषणा व्यवहारमा देखिएन, तस्बिरहरू
काठमाडौँ । विगतमा राष्ट्रपतिको सवारीका क्रममा सडक बन्द नगर्ने घोषणा हुँदा धेरैले स्वागत गरेका थिए । स्वयं राष्ट्रपतिले पनि सवारीका क्रममा जनताले दुःख पाउन नहुने निर्वाचित हुनेबित्तिकै बताएका थिए ।
तर रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएलगत्तै भएको उक्त घोषणा अहिले व्यवहारमा लागू भएको देखिँदैन । शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि संसद् भवन गएका राष्ट्रपतिको सवारीका क्रममा तीनकुने-बानेश्वर क्षेत्रमा अरूलाई असर नपर्ने गरी सँगसँगै चलाइयो ।
तर सुन्धारा क्षेत्रमा भने सोही सवारीको फरक दृश्य देख्न पाइयो । काठमाडौँ मल अगाडिको बस स्टपबाट गाडीहरूलाई हतार हतार हटाइयो भने यात्रुहरूलाई पनि सडक छेउमा उभिन लगाइयो ।
सडक त झन् खाली नै गरिएको थियो । सवारी भित्रबाट राष्ट्रपति सडक छेउमा उभिरहेका यात्रुलाई हेर्दै गएका थिए । राष्ट्रपतिको सवारी पछि सडक खुलेसँगै यात्रुहरू गाडी चढ्नको लागि तँछाडमछाड गरेका थिए ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण