राष्ट्रपतिको सवारीमा सर्वसाधारणलाई दुःख नदिने घोषणा व्यवहारमा देखिएन, तस्बिरहरू

काठमाडौँ । विगतमा राष्ट्रपतिको सवारीका क्रममा सडक बन्द नगर्ने घोषणा हुँदा धेरैले स्वागत गरेका थिए । स्वयं राष्ट्रपतिले पनि सवारीका क्रममा जनताले दुःख पाउन नहुने निर्वाचित हुनेबित्तिकै बताएका थिए ।
तर रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएलगत्तै भएको उक्त घोषणा अहिले व्यवहारमा लागू भएको देखिँदैन । शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि संसद् भवन गएका राष्ट्रपतिको सवारीका क्रममा तीनकुने-बानेश्वर क्षेत्रमा अरूलाई असर नपर्ने गरी सँगसँगै चलाइयो ।
तर सुन्धारा क्षेत्रमा भने सोही सवारीको फरक दृश्य देख्न पाइयो । काठमाडौँ मल अगाडिको बस स्टपबाट गाडीहरूलाई हतार हतार हटाइयो भने यात्रुहरूलाई पनि सडक छेउमा उभिन लगाइयो ।
सडक त झन् खाली नै गरिएको थियो । सवारी भित्रबाट राष्ट्रपति सडक छेउमा उभिरहेका यात्रुलाई हेर्दै गएका थिए । राष्ट्रपतिको सवारी पछि सडक खुलेसँगै यात्रुहरू गाडी चढ्नको लागि तँछाडमछाड गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सक र सरकारबिच सहमति, आन्दोलन फिर्ता
-
मकवानपुर महिला गोल्डकप : नव जनजागृतिलाई हराउँदै संकटा सेमिफाइनलमा
-
मध्यपूर्व एनआरएनएको नेतृत्वमा हेपिएको छ, यो पल्ट त्यस्तो नहोस् : आरके शर्मा
-
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगको अध्यक्षमा तीन दलको ‘बार्गेनिङ’
-
किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’
-
सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद