२५ दिनमा सकियो ‘अभिमन्यु’को छायाङ्कन
काठमाडौँ । चलचित्र ‘अभिमन्यु’को छायाङ्कन सकिएको छ । २५ दिनको नियमित छायांकनपछि फिल्म सकिएको निर्माणपक्षले जानकारी दियो ।
‘अभिमन्यु’ले गत चैत १९ गते कीर्तिपुरमा शुभ मुर्हूत गर्दै छायाङ्कन सुरु गरेको थियो ।
चलचित्रमा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय गरेका छन् ।
फिल्मको निर्माता विनोद पौडेल हुन् । उनले यसअघि ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ बनाएका थिए । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ ।
सेभेन सिज सिनेमाको प्रस्तुति ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गरेका हुन् । गौतमको यो निर्देशनमा डेब्यु फिल्म हो ।
मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि फिल्म ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए ।
गुञ्जन गिरी समेत निर्माता रहेको फिल्मको रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी छ ।
फिल्म हिन्दी र नेपाली भाषामा रिलिज हुने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण