सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नीति तथा कार्यक्रम नीरस र पट्यारलाग्दो : माओवादी

एमाले नेता पोखरेल भन्छन्, ‘नीति तथा कार्यक्रम बासी भन्नेहरू नै बासी हुन्’
शनिबार, २० वैशाख २०८२, १६ : २०
शनिबार, २० वैशाख २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले सरकारले हिजो ल्याएको वार्षिक नीति तथा कार्यक्रमले देशलाई निकास दिन नसक्ने बताएका छन् । उनले नीति तथा कार्यक्रमलाई ‘गाई की त्रिशुल’ को संज्ञा दिएका हस् । 

यसअघिको नीति तथा कार्यक्रमले आयोजना बोलेको भएपनि यस वर्षको नीति तथा कार्यक्रमले राष्ट्रिय गौरवको आयोजना, प्रमुख आयोजना र राज्यले गर्नुपर्ने काम केही पनि उल्लेख नगरेको पौडेलको आरोप छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको नीति तथा कार्यक्रमकेन्द्रित विशेष साक्षात्कारलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रमले बजेटलाई नै ठाउँ छोदिदिएको बताए । उनले नीति तथा कार्यक्रमले सखुी नेपाली र समृद्ध नेपाल बनाउने चित्रण प्रस्तुत गर्न नसकेको टिप्पणी गरे । 

उनले पूराना केही योजनाहरु निरन्तरता दिइएको भन्दै पढ्दै कमाउने कुरा स्मरण गराए । तर, स्वास्थ्यसम्बन्धी कार्यक्रम सकारात्मक रहेको उनको भनाई छ । अरु मन्त्रालयका कार्यक्रम अन्धकारमा ल्याईएको भन्दै यो वर्षको नीति तथा कार्यक्रम नै निरस र पट्यारलाग्दो रहेको पौडेलको टिप्पणी छ । उनले भने,‘भ्रष्टाचार नियन्त्रण र सम्पत्ति शुद्धिकरणको लागि कुनै कार्यक्रम नै छैन । आयोजनाको चित्र स्पष्ट छैन ।’

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री आनन्द प्रसाद पोखरेलले समग्र अर्थतन्त्रलाई सुधार गर्नेगरि र कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमतिको प्रकाशमा यो वर्षको नीति तथा कार्यक्रम आएको भन्दै स्वागत गरेका छन् । साक्षात्कारलाई सम्बोधन गर्दै उनले भने,‘नीति तथा कार्यक्रम मूलतः नेपालको संविधान र यो सरकार बन्दाखेरि ७ बुँदे सहमतिको प्रकाशमा, अनि राष्ट्रिय योजना आयोगको १५औँ योजनाको निर्देशनमा तयार भएको छ । आधारभूतमा यो नीति तथा कार्यक्रम वस्तुवादी भएकोले यसमा शंका गर्न जरूरी छैन ।’

Ananda Pokharel

नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय समेटिएको उल्लेख गर्दै विरोधको लागि विरोधमात्रै नगर्न विपक्षीहरूलाई सुझाव दिए । उनले भने,‘सरकारले संवाद, सहकार्य र सयोजनाको साथ अघि बढ्छौं भनेको छ। शिक्षा क्षेत्रमा पनि सुधारको घोषणा गरिएको छ । सहकारीको विषयमा पनि राम्रो नीति लिएको छ । सहकारीको सवालमा प्राधिकरण गठनदेखि साना बचतकर्ताको बचत फिर्ता गर्ने कुरा गरेको छ ।’

उनले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विगत बर्सझैँ उच्च प्राथमिकतामा राखेको र कृषकलाई उद्यमशील बनाउने कुरा गरेको सुनाए । उनले भने,‘कृषिको अनुदानको कुरा गरेको छ, अब किसानले सर्वाधिक मूल्य पाउने स्थिति बनेको छ । गरिबी निवारण १५ प्रतिशतमा झार्ने कुरा उल्लेख गरेको छ । समग्रमा यो  नीति तथा कार्यक्रमले समाजवादको आधार तय गरेको छ । सिद्धान्तसहित आएको छ । रोजगारीको लागि ठिक ढङ्गले नीति तथा कार्यक्रम बनेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको नाममा राखिने कार्यक्रमलाई अब राष्ट्रको नाममा ल्याईएको छ ।’

उनले मुलुकमा अराजकता र व्यवस्थामाथि चूनौति खडा भएको उल्लेख गर्दै ती चूनौतिलाई सामना गर्न सरकार गम्भीर भएर त्यहीअनुसारको कार्यक्रम ल्याएको स्पष्ट पारे । उनले भने,‘मुलुकमा आर्थिक समाधान गर्नेगरि नीति तथा कार्यक्रम ल्याईएको छ । भ्रष्टाचारको बारेमा शून्य सहनशिलता अपनाएको छ । नीति तथा कार्यक्रम बासी भयो भन्नेहरु नै बासी मान्छे हुन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप