सिरहाबाट दुई थान भरुवा बन्दुक बरामद
शनिबार, २० वैशाख २०८२, १८ : ३०

सिरहा । सिरहा प्रहरीले गोलबजारबाट दुई थान भरुवा बन्दुक बरामद गरेको छ । विशेष सूचनाको आधारमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीले जिल्लाको गोलबजार नगपालिका १० अवासनगर डण्डाबाट दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।
केही मानिस बन्दुक लिएर घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेका सुरक्षाकर्मीलाई देखेर बन्दुक फालेर भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए । बन्दुक फालेर भागेकाहरूको खोजी भइरहेको डीएसपी पासवानले बताए ।
सिरहामा वन्यजन्तु सिकार गर्न यो बन्दुक प्रयोग गर्ने गरेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
-
स्वदेश फर्किए राजेन्द्र महतो
-
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छ, राजीनामा दिने/नदिने गृहमन्त्रीमा भर पर्छ : शाही
-
लन्डन दूतावासमा ‘नेपाल नाइट’ सम्पन्न (फोटो फिचर )
-
प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालमाथि मुद्दा चलाइएको हो : शेरबहादुर कुँवर