महिलाले टपलेस भएर नुहाउने विषयमा जनमत संग्रह
बीबीसी
बार्सिलोनामा स्विमिङ पुलमा महिलाले टपलेस भएर नुहाउने विषयमा यति विवाद बढ्यो कि यसमा भोट गर्नुपर्यो ।
र भोटको यो लडाईंमा टपलेस नुहाउने पक्षमा उभिएका महिलाको जीतसमेत भयो ।
भोट हाल्ने व्यवस्था क्याटेलोनियास्थित बार्सिलोना नजिकै एक गाउँमा मिलाइएको थियो । लामेतिया–डिल–भ्यालियास गाउँमा भएको यो मतदानमा ‘टपलेस नुहाउने’ पक्षमा ६१ प्रतिशत र विरोधमा ३९ प्रतिशत मानिसहरुले भोट गरे ।
महिलाद्वारा भोटिङको दबाब
स्थानिय केटेलन प्रशासनले उक्त मतदानको आयोजना गरेको थियो । यसको नतिजा कानूनी रुपमा १६द वर्षमाथिका महिलामा लागू हुनेछ ।
घटना गत वर्ष गर्मी महिनाको हो । दुई महिलाले एक पूलमा टपलेस भएर नुहाइरेहेका बेला त्यहाँका एक लाइफगार्डले पुलिसलाई यसबारे जानकारी दिए । त्यसपछि पुलिस त्यहाँ पुगेर ती दुई महिलालाई आफ्नो बिकिनी टप लगाउन आदेश दिएका थिए ।
उक्त घटनापछि पुलिस र प्रशासनविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरे । गाउँका पुरुष र महिलाको एक समूह यसको विरोधमा बिकिनी टप लगाएर पूलमा पुगे । त्यतिबेला देखि नै मानिसहरु यस्तो जनमत संग्रहका लागि दबाब दिइरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण