‘ट्यालेन्ट अफ नेपाल’ आउने, जजमा रेखा, थानेश्वर र निशा
आइतबार, २१ वैशाख २०८२, १२ : ०२
काठमाडौँ । रियालिटी शो ‘ट्यालेन्ट अफ नेपाल’ निर्माण हुने भएको छ । बागमती टेलिभिजन एचडी र एच.एस साइना क्रियशनको संयुक्त निर्माणमा आयोजना हुन लागेको यस शोको लागि निर्णायक (जज) फाइनल गरिएको छ ।
आयोजकका अनुसार निर्णायकमा अभिनेत्री तथा निर्देशक रेखा थापा, अभिनेत्री निशा अधिकारी र गायक तथा संगीतकार थानेश्वर गौतम छानिएका छन् ।
शोको अहिले डिजिटल अडिसन खोलिएको छ । आगामी जेठ महिनाबाट शो बागमती टेलिभिजन एचडीबाट प्रसारण हुने बताइन्छ ।
कार्यक्रमका निर्देशक समन अधिकारी हुन् । नेपालमै पहिलो पटक मौलिक तरिकाबाट शो आयोजना हुन लागेको अधिकारीले बताए । उनका अनुसार शोमा नृत्य, अभिनय, गायन लगायतका जुनै विधामा पनि प्रतिभा देखाउन सकिनेछ । उमेर हद समेत प्रतियोगितामा नरहेको निर्देशक अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
-
पहिलो हाफमा क्यानडा र मोरक्कोले खोल्न सकेनन् खाता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण