रवीन्द्र मिश्रलाई रिहा गर्न माग गर्दै तीन दिनदेखि रिले अनसन
ललितपुर । राजावादी आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायतलाई रिहा गर्न माग गर्दै जारी रहेको रिले अनसनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डले ऐक्यवद्धता जनाएका छन् ।
रिले अनसन प्रति समर्थन जनाउन प्रतिनिधिसभा सदस्य समेत रहेका पाण्डे आइतबार ललितपुरको जावलाखेल पुगेका हुन् । राजावादीले आयोजना गरेको रिले अनसनका सहभागीलाई पाण्डेले भेटेर आस्थाका बन्दीहरुको रिहाइ गरिनुपर्ने र मानव अधिकारको सम्मान गरिनुपर्ने बताएको राप्रपाका नेता निरञ्जन थापाले बताए ।
रिले अनसन तेस्रो दिनमा प्रवेश गरेको छ । आयोजकले जनाए अनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेको आस्थाका बन्दी नछुटेसम्म अनसन जारी रहने छ ।
झुटा मुद्दामा सरकारले राप्रपाका नेता मिश्र लगायतलाई फसाउन खोजेको अनसनकारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघिल्लो सरकारले स्थगित गरेको फुल अडिट स्वर्णिमले किन ब्युँत्याए ?
-
पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल
-
बागलुङमा ७९ लाखको लागतमा स्वास्थ्यचौकी भवन तयार
-
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
-
देशभर मनसुनी वायुको प्रभाव : पहाडी भू-भागमा वर्षा, केही स्थानमा हावाहुरीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण