सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय
सचिवालय बैठक

राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै गएको एमालेको निष्कर्ष

उत्पादन र उत्पादकत्वमा बजेट फोकस गर्न सुझाव
आइतबार, २१ वैशाख २०८२, १७ : ५६
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । नेकपा एमालेले आगामी बजेटमा उत्पादन र उत्पादकत्वमा फोकस गर्ने गरी ल्याउन सरकारलाई सुझाव दिएको छ । आइतबार बसेको एमाले सचिवालय बैठकमा नेताहरूले यस्तो सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार सरकारले संसदमा पेस गरिसकेको नीति तथा कार्यक्रम र आगामी बजेटबारे केन्द्रित रहेर छलफल भएको थियो । 

बैठकले नीति तथा कार्यक्रम चुस्त, व्यवस्थित र दिशानिर्देशको हिसाबले सही रहेको बैठकले निष्कर्ष पनि निकालेको छ । ‘नीति कार्यक्रमले भनेजस्तै ठोस र परिणाममुखी होस् । विगतमा योजनाहरूको छनोट, श्रोतहरूको विन्यासमा भद्रगोल देखिएको छ’, ज्ञवालीले भने, ‘सङ्घ सरकारसँग १८ हजार योजनाहरू छन् र खर्बौ रुपैयाँको दायित्व रहने गरी ठेक्कापट्टा लगाउने अव्यवस्था चिरियोस् भन्नेमा नेताहरूले जोड दिनुभएको छ ।’

त्यस्तै बजेटले उत्पादन र उत्पादकत्वमा फोकस गर्नुपर्ने र त्यसका लागि पुष्पलाल मध्य पहाडी, मदन भण्डारी, हुलाकी राजमार्गका समानान्तर पकेट क्षेत्र निर्माण गरेर कृषि क्षेत्रको आत्मनिर्भर हुने गरी बजेट आओस् भन्ने पनि नेताहरूले सुझाव दिएका छन् । त्यस्तै जिएनजी पुस्तालाई केन्द्रमा राखेर उनीहरूसँग बसेर सूचना प्रविधिलाई उत्तोलकका रूपमा अघि बढाउने गरी बजेट आउनुपर्ने सुझाव आएको ज्ञवालीको भनाइ छ । चौथो कतिपय ठेक्का लागेका कतिपय योजनामा दाताहरूले हात झिक्ने जस्ता कुरालाई ध्यानमा राखेर बजेट आउनुपर्ने सुझाव दिएको तर सुझाव दिने क्रम जारी रहेको ज्ञवालीले जानकारी दिए । 

त्यसबाहेक बैठकले राष्ट्रिय राजनीति राजनीतिक स्थिरताको बाटोमा गएको तर त्यसलाई खलबल्याउने प्रयासहरू भए पनि त्यस्ता प्रयास कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ ।  साथै बैठकले आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त शक्ति निर्माण गर्न सम्पूर्ण ऊर्जा खर्चिने निर्णय गरेको एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप