एक्सन हिरोको रूपमा देखिँदै राज
काठमाडौँ । अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा पर्दामा देखिने भएका छन् । आगामी जेठ ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’ उनी एक्सनमा देखिन लागेका हुन् ।
नेपाली फिल्म क्षेत्रमा गत वर्षबाट एक्सनले फेरि दर्शकको ध्यान खिच्न सफल भयो । अब सफल एक्सन फिल्मको लहरमा ‘नरसिंहाः अवतार’ पनि पर्ने निर्माण पक्षको विश्वास छ ।
राज तयारी गरेरै एक्सन देखिन लागेको बताउँछन् । यसका लागि उनले शरीरलाई सुगठित समेत बनाएका छन् भने मिक्स्ड मार्सल आर्टको पर्याप्त तालिम पनि लिएका थिए ।
‘एउटा मौका पाउँ अनि म मेरो क्षमता देखाउँछु भन्ने दृढतासहित प्रस्तुत हुँदैछु’, राजले भने ‘यो क्षेत्रमा १५ वर्षदेखि लागेपनि मैले आफ्नो क्षमता के हो भन्ने कुरालाई कहिल्यै पनि गहिरो रूपमा सोचिनँ । सायद, त्यो उमेरकै लहड थियो ।’ यस पटक अभिनयमा आफूले चुनौती उठाएको उनको धारणा छ ।
‘मैले १५ वर्ष पुरानो मेरो यात्रा बिर्सेर आफूलाई जिरो मानेँ । म केही होइन, मलाई कसैले पनि चिन्दैन भनेर सोचेर मैले अझै बढी मिहिनेत गरिरहेको छु’, उनले भने ‘यस पटकको अवसरलाई म एउटा उत्कृष्ट अवसरका रूपमा प्रमाणित गर्न चाहन्छु । जीवनमा मौका कहिले र कसरी आउँछ भन्न सकिँदैन ।’ राजले ‘नरसिंहाः अवतार’लाई आफ्नो करियरको राम्रो टर्निङ प्वाइन्ट बनाउने दृढताका साथ लागेको सुनाए ।
राजले करिअरको बिचमा हार जस्तै मानेका थिए । गरेको कामले सोचे जस्तो नाम नदिएपछि उनी ओझेलमा परेका थिए । तर, चलचित्र विकास बोर्डको सदस्य बनेपछि, फिल्मीकर्मीहरुबाट पटक–पटक अभिनयमा फर्कन सुझाव आएपछि उनले आफूलाई फेरि परीक्षामा उभ्याउने निर्णय गरे । दिवाकर भट्टराईको निर्देशनमा बनेको ‘नरसिंहाः अवतार’ आफ्नो करिअरका लागि स्मरणीय र कोशेढुंगा साबित हुने विश्वास उनको छ ।
फिल्ममा राजले अभिनेता राजेश हमालसँग पर्दा शेयर गरेका छन् । ‘जसलाई आदर्श मानेर अभिनय गर्ने सपना बन्यो, उहाँसँगै काम गर्न पाउनु दुर्लभ अवसर हो । सपना साकार भएको जस्तै लागेको छ’, राजले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण