स्क्विड गेमको सिजन ३ ल्याउँदैछन् मेकर
सोल । नेटफ्लिक्सले अन्ततः स्क्विड गेम सिजन ३ बारे एक खुलासा गरेको छ । स्क्विड गेमको सिजन ३ को धमाकेदार टिजर मे ६ मा रिलिज हुँदैछ । सम्पूर्ण शृङ्खला जुन २७ बाट स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध हुने बताइएको छ ।
नेटफ्लिक्स कोरियाले हालै लोकप्रिय स्क्विड गेम पात्रहरू (ली जंग–जे, वाई हा–जुन, पार्क सुङ–हुन, र यिम सि–वोन)लाई लिएर एउटा विशेष भिडियो शेयर गरेको थियो । यसमा एकले अर्कोलाई एउटा कार्ड पास गर्दै गरेको देखिन्छ । भिडियोको अन्त्यमा कार्डमा लेखिएको छ ‘टिजर मे ६ मा आउँदैछ’ भने लेखिएको थियो । अर्थात् शोको टिजर मंगलबार नै रिलिज हुनेछ ।
स्क्विड गेम सिजन २ को लागि फ्यानहरूले ३ वर्ष पर्खनु परेको थियो । तर सिजन ३ का लागि फ्यानहरूले खासै कुर्नु परेन । डेढ महिनामा नयाँ सिजन रिलिज हुनेछ । गएको सिजनको विस्फोटक अन्त्यले दर्शकहरूको जिज्ञासालाई चुलीमा पुर्याएको छ । अब सिजन ३ को प्रतिक्षामा फ्यानहरू अधीर छन् ।
- कथामा के होला नयाँ ?
सिजन २ मा सेओङ गि–हुनको विद्रोहले सबैलाई स्तब्ध बनाएको थियो । उसलाई फ्रन्ट म्यानले समातेपछिको कथाले कुन दिशा लिनेछ भनेर जान्न दर्शक उत्सुक छन् । अर्काे रोचक पात्र छ—काङ नो–युल उत्तर कोरियाली डिफेक्टरबाट खेलको शूटर बनेकी छिन् । के उनी पनि प्रणालीसँग लड्लिन् ? के गि–हुनले न्याय पाउँलान् ? यी सबै प्रश्नहरूको जवाफ जुन २७ मा दिइनेछ, तर त्यसअघि मे ६ मा टिजर हेरेर केही संकेतहरू पक्कै पनि पाइएला ।
स्क्विड गेम ३ को पूरा ट्रेलर मे महिनाको अन्त्यसम्ममा नेटफ्लिक्सको प्रसिद्ध टुडम कार्यक्रममा रिलिज हुने खबर आएको छ । यसको अर्थ मे महिना पूर्ण रूपमा स्क्विड गेमको लागि समर्पित हुनेछ । यो घोषणाले सामाजिक सञ्जालका फ्यानहरू उत्साहित छन् । ट्विटर, इन्स्टाग्राम र युट्युबमा ह्याशट्यागस्क्विडगेम ट्रेन्डिङमा छ । नयाँ सिजन पहिले भन्दा बढी खतरनाक र भावनात्मक हुने केही प्रशंसकहरू भनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण