बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
नेपालगञ्ज । भूमि समस्या समाधान आयोगले बाँकेमा थप ९३६ जना भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने निर्णय गरेको छ ।
आयोगको कार्यालय, नेपालगञ्जमा आज बसेको सर्वपक्षीय बैठकले दोस्रो चरणमा विभिन्न स्थानीय तहमा जग्गाधनी प्रमाणपत्र वितरण गर्ने निर्णय गरेको हो । आयोगका अध्यक्ष घननाथ खनालले जेठको पहिलो सातासम्म कोहलपुर नगरपालिका वडा नं २, १४, १५, नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ र २०, राप्तीसोनारी गाउँपालिका वडा नं ७ र वैजनाथ ६ मा जग्गाधनी प्रमाणपत्र वितरण गरिने जानकारी दिए ।
उनले पहिलो चरणमा कोहलपुर नगरपालिकाका तीन वडामा ११८ जनालाई लालपुर्जा वितरण कार्य सम्पन्न भएको र थपलाई वितरणका लागि प्रक्रिया अघि बढाइएको बताए ।
“आज बसेको राजनीतिक दलसहितको सर्बपक्षीय बैठकले नौवस्ता औद्योगिक क्षेत्रमा रहेको आवास क्षेत्रका लागि लालपुर्जा वितरणका लागि पहल गर्ने निर्णय भएको छ । स्थानीय तहमा आयोगलाई चाहिने स्रोतसाधनको व्यवस्थापन पालिकाले गर्ने निर्णय भएको छ”, अध्यक्ष खनालले भने ।
केही दिनअघि मात्रै जिल्लाको कोहलपुर नगरपालिका वडा नं १ बाट भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको थियो ।
हालसम्म जिल्लामा ५४ हजार हाराहारीमा लालपुर्जाका लागि आवेदन परेको छ । आगामी असारभित्र छ हजार लालपुर्जा वितरण गर्ने लक्ष्य रहेका अध्यक्ष खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण