‘जार’ प्रिमियरमा डा.बाबुराम भट्टराईदेखि मनीषासम्म, कसले के भने ?
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जार’को मंगलबार प्रिमियर गरिएको छ । मंगलबार ललितपुरको लाभिम महलस्थित क्यूएफएक्समा आयोजित भब्य प्रिमिएरमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईदेखि नेपाली मुलकी बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालालगायतसम्मको उपस्थिति थियो ।
फिल्मकर्मी, रंगपत्रकार र साहित्यकारको समेत बाक्लो उपस्थिति रहेको प्रिमियरमा मगर समुदायको संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरियो । अधिकांशले प्रिमियरमा चलचित्र मन परेको प्रतिक्रिया दिए ।
पूर्वप्रधानमन्त्री भट्टराईले इन्द्रबहादुर राईको कथामा बनेको दुई सय वर्ष पुरानो परिवेशको फिल्म ‘जार’ पूर्ण मौलिक बनेको बताए । उनले त्यति बेलाको समाज बुझ्न र नेपालमा जार प्रथाको इतिहास बुझ्न नयाँ पुस्तालाई फिल्मले सघाउने धारणा राखे ।
सांसद उदय शमशेर जबराले ‘जार’ आफूलाई एकदम फरक र पूर्णमौलिक फिल्म लागेको बताए । राम्रो काम गरेकोमा जार टिमलाई बधाई दिँदै उनले व्यावसायिक सफलताका लागि शुभकामना दिए ।
अभिनेत्री मनीषा कोइरालाले ‘जार’ नेपाली फिल्मको बढ्दो स्तरको प्रमाण भएको बताइन् । उनले भनिन्, ‘हामीले पछिल्लो समय उत्कृष्ट फिल्म दिएका छौँ र ‘जार’ त्यसैको निरन्तरता हो ।’ फिल्मले इतिहास र साहित्यलाई जीवन्त बनाएको उनको धारणा रहेका छ ।
नेतृ हिसिला यामीले ‘जार’ अहिलेको समसामयिक सन्दर्भको सशक्त फिल्म भएको बताइन् । सरकारमा रहेकाहरूले यो फिल्म हेरे केही कुरा सिक्न मिल्ने उनको सुझाव थियो ।
_QMduMXo4wT.jpg)
यस्तै, अभिनेता विपिन कार्कीले ‘जार’ नेपाली फिल्मको विकासमा एउटा महत्त्वपूर्ण पाइला भएको बताए ।
फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही तथा गीताञ्जली थापालगायतको अभिनय छ ।
प्रिमियरपछि अभिनेता सौगात मल्लले आफूले २६–२७ वर्ष देखि देखेको सपना अहिले पुरा भएको बताए । उनले जारको जस्तो भूमिका हरेक कलाकारलाई लोभ हुने धारणा राखे ।
_i5eEMBLAwL.jpg)
अर्का अभिनेता अनुपविक्रम शाहीले इतिहासलाई पर्दामा उतार्ने प्रयास गरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी रहेको बताए ।
१८०० को दशकको वास्तविक घटनामा आधारित फिल्म
२२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको हो । फिल्म फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् ।
_SvkFYrKZuh.jpg)
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो । फिल्मका कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा हुन् ।
सरवानन इलावार्सुको छायाङ्कन, अखिलेश राईको सम्पादन फिल्ममा छ । ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ ।
_wjkzuylP35.jpg)
_y1NJUBGwTO.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण