धनगढीमा पञ्चकन्या ग्रुपको ‘पञ्चकन्या बाथवेयर’को शुभारम्भ
धनगढी । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ प्रिमियम ब्रान्ड पञ्चकन्या बाथवेयरको धनगढीमा औपचारिक शुभारम्भ गरेको छ। नयाँ उत्पादन लाइनमार्फत कम्पनीले बाथवेयर बजारमा देखिएको गुणस्तर र मूल्यको असन्तुलनलाई समाधान गर्ने लक्ष्य लिएको छ।
धनगढीमा आयोजित एक डिलर लञ्च कार्यक्रममा स्थानीय उद्योगी, व्यापारी, शिक्षा, होटल तथा निर्माण क्षेत्रका ६० भन्दा बढी विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले कम्पनीको दीर्घकालीन दृष्टिकोण, गुणस्तरीय उत्पादन र नवप्रवर्तनप्रतिको प्रतिबद्धता प्रस्तुत गरे।
त्यसैगरी, पञ्चकन्या बाथवेयरका सेल्स हेड बसन्त रिजालले उत्पादनको विशेषता, सेवा प्रत्याभूति र आगामी बजार रणनीतिबारे जानकारी गराए ।
पञ्चकन्या बाथवेयरले आधुनिक डिजाइन, दीर्घकालीन टिकाउपन, र उपयुक्त मूल्यको सन्तुलन राख्दै ट्याप, सावर, र अन्य सहायक बाथवेयर उपकरणहरू प्रस्तुत गरेको छ। यसले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको बाथवेयर अनुभव आफ्नै मुलुकमा उपलब्ध गराउने लक्ष्य राखेको कम्पनिको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण