शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

‘राम नाम सत्य’मा विराजपछि भित्रिए सुशील

बिहीबार, २५ वैशाख २०८२, ११ : ४८
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । म्युजिक भिडियो निर्देशक माइकल चन्दले निर्देशन गर्न लागेको फिल्म ‘राम नाम सत्य’ प्रि–प्रोडक्सनमा छ । फिल्मको अहिले धमाधम कलाकारहरू अनुबन्धित काम चलिरहेको छ ।

फिल्मका लागि अभिनेता विराज भट्ट केही अगाडि फाइनल भइसकेका छन् । फिल्मका लागि अब सुशील श्रेष्ठ पनि अनुबन्धित भएका छन् । सुशीलसँग निर्माणपक्षले बुधवार कागजी सम्झौता गरेको छ ।

फिल्मको स्क्रिप्ट सुनेपछि आफू निकै नै उत्साहित भएको सुशीलले बताए । एक्सन, लभ स्टोरी र सस्पेन्स कथामा निर्माण हुन लागेको ‘राम नाम सत्य: पर्दा पछाडिको पर्दा’मा सुशीलको रोमान्स र एक्सन हेर्न सकिनेछ ।

फिल्मका लागि अब नायिका र केही कलाकारहरू फाइनल गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता डाक्टर डी आर उपाध्याय, टी आर गौडेल र नरेन्द्र शाह हुन् । फिल्मको छायांकन केही महिनामै गर्ने तयारी निर्माणपक्षको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप