पाकिस्तान सुपर लिग अब युएईमा
काठमाडौँ । भारत र पाकिस्तानबिच जारी तनावका बिच पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पाकिस्तान सुपर लिग (पीएसएल)का बाँकी खेलहरू संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना गर्ने बताएको छ।
अब पीएसएलका अन्तिम आठ खेलहरू, जुन पहिले रावलपिंडी, मुल्तान र लाहोरमा आयोजना हुने तालिका थियो, युएईमा आयोजना हुनेछन्। पीसीबीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार खेलको तालिका, मिति र स्थान छिट्टै घोषणा गरिनेछ।
बिहीबार रावलपिंडी क्रिकेट रङ्गशालामा हुने तय भएको पीएसएल खेल रद्द गरिएको थियो। पाकिस्तानी सेनाले रावलपिंडी क्रिकेट रंगशाला नजिकैको फूड स्ट्रिटमा भारतीय ड्रोन खसालेको दाबी गरेको थियो।
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले पनि यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेका छन्। नकवीले भने, 'भारतको सम्भावित आक्रमणबाट हाम्रा घरेलु र विदेशी पाहुना क्रिकेटरहरूलाई जोगाउन पीसीबीले बाँकी खेलहरू युएईमा सार्ने निर्णय गरेको छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण