राजनराज र मेलिनाको स्वर रहेको गीत ‘खोली तिरैमा’ सार्वजनिक
शनिबार, २७ वैशाख २०८२, ११ : ३६
काठमाडौँ । सङ्गीतकार तथा गायक राजनराज शिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘खोली तिरैमा’ सार्वजनिक भएको छ। गीतमा गीतकार विनोद सुवेदीको शब्द छ ।
गीतको भिडियोमा रमेश विश्वकर्मा र करिश्मा केसीले अभिनय गरेका छन् । यी दुवै कलाकारको यो पहिलो सहकार्य हो। रमेश यसअघि धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने करिश्माको लागि यो डेब्यू भिडियो हो।
दोलालघाटमा छायाङ्कन गरिएको भिडियोमा राजुजंग बस्नेतको निर्देशन र सम्पादन छ । भिडियोमा आभेश बज्राचार्यको छायाङ्कन, केबिका खत्रीको कोरियोग्राफी र कृष्णमान तामाङको कला निर्देशन छ ।
भिडियो विनोद सुवेदीको अफिसियल युट्युब च्यानल विनोद सुवेदीबाट सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण