कांग्रेसले विश्व पौडेलको नाम दिएपछि गभर्नर छनोट प्रक्रिया फेरि सुरुकै चरणमा
काठमाडौँ । राष्ट्र बैंकको गभर्नर छनोट प्रक्रिया फेरि सुरुकै चरणमा प्रवेश गर्ने भएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेसले यसअघि गभर्नरका लागि गुणाकर भट्टको नाम प्रस्ताव गरेकोमा अड्चन देखिएपछि विश्व पौडेलको नाम प्रस्ताव गरेको छ । योसँगै छनोट प्रक्रिया सुरुकै चरणमा प्रवेश गर्ने भएको हो ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले गुणाकर भट्टलाई गभर्नर बनाउन कानुनी र व्यावहारिक समस्या रहेको बताएका थिए । भट्टलाई गभर्नर बनाउन नसक्ने हो भने विकल्पमा पौडेललाई गभर्नर बनाउन देउवाले ओलीसमक्ष प्रस्ताव गरेको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।
सत्ता साझेदार कांग्रेस र एमालेबिच गभर्नर पद कांग्रेसलाई दिने सहमति भइसकेको छ । यस अनुसार कांग्रेसले भट्टलाई अघि बढाए पछि राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका भट्टले दिएको राजीनामा स्वीकृत नगर्ने कामु गभर्नर नीलम ढुंगानाको अडान र कांग्रेस संस्थापन पक्षकै एउटा तहको असहमतिका कारण उनको नियुक्ति रोकिएको थियो ।
खासगरी कांग्रेस सभापति देउवापत्नी आरजु राणा विदेश हुँदा गुणाकरलाई गभर्नर बनाउने सहमति भएको थियो । तर, आफ्नो सहमतिविना गभर्नर उम्मेदवार तय भएपछि राणाले असहयोग गरेको बताइएको छ । राणाको दबाबकै कारण देउवा वैकल्पिक नाम दिन बाध्य भएका हुन् ।
पौडेल कांग्रेस संस्थापन पक्षमा सर्वस्वीकार्य मानिन्छन् । गत निर्वाचनअघि देउवा नेतृत्वमा बनेको सरकारमा उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए भने निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार बनेका थिए ।
अहिले पौडेल गभर्नर छनोट सिफारिस समितिका सदस्य छन् । उनलाई गभर्नरको उम्मेदवार बनाउन छनोट समिति पुनर्गठन गर्नुपर्छ । यसअघि पूर्वगभर्नरको तर्फबाट छनोट भएका विजयनाथ भट्टराईले राजीनामा दिएपछि उनको सट्टामा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई छनोट समितिको सदस्य सिफारिस गरिएको थियो ।
यसअघि चैत ११ गते सरकारले राष्ट्र बैंक ऐनको व्यवस्था बमोजिम अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर छनोट सिफारिस समिति गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण