प्रधानसेनापतिद्वारा विजयी क्लब र खेलाडीलाई पुरस्कार प्रदान
आइतबार, २८ वैशाख २०८२, १३ : ५७
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ का विजयी क्लब र खेलाडीलाई नगद पुरस्कार प्रदान गरेका छन् । जङ्गीअड्डा परिसरमा यही वैशाख २१ देखि सञ्चालित उक्त प्रतियोगितामा क्लबतर्फ त्रिभुवन आर्मी क्लब प्रथम, काठमाडौँ लन टेनिस एशोसिएन द्वितीय र नेपाल टेनिस एशोसिएसन तृतीय भएका छन् ।
प्रतियोगितामा महिला व्यक्तिगततर्फ सिभाली गुरुङ, स्वस्तिका विष्ट तथा सुनिरा थापा र प्रकृति श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो तथा पुरुषतर्फ प्रदीप खड्का प्रथम, आरभसम्राट हाडा द्वितीय तथा निशान श्रेष्ठ र प्रणव मानन्धर तृतीय भएका छन् । खुला तथा भेट्रान्सतर्फ १२ विधामा खेल भएका थिए । प्रतियोगितामा नौ क्लबका १५ महिलासहित १९६ जना सहभागी थिए । नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण