राष्ट्र बैंकको तथ्यांक
एक महिनामा भित्रियो १ खर्ब ४० अर्ब रेमिट्यान्स
आइतबार, २८ वैशाख २०८२, १७ : १४
काठमाडौँ । एक महिनामा १ खर्ब ४० अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्यांकअनुसार चैत महिनामा सो बराबरको रेमिट्यान्स आप्रवाह भएको हो ।
फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रहेको रेमिट्यान्स चैत मसान्तसम्म आइपुग्दा ११ खर्ब ९१ अर्ब ३१ करोड पुगेको हो । यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत बढी हो ।
वृद्धिदर भने अघिल्लो वर्षको भन्दा कम हो, गत वर्ष रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । यो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।
यो अवधिमा खुद ट्रान्सफर १३ खर्ब ०१ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण