साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाएको प्रतिबन्ध हटाउने र साउदी अरेबियासँग १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा गरेका छन् । रियादमा बोल्दै उनले सिरियाविरुद्धको सबै प्रतिबन्ध हटाउने प्र्तिवद्धता व्यक्त गरेका हुन् ।
मध्यपूर्वको लामो भ्रमणमा निस्किएका उनले साउदी अरेबियाको मुक्तकण्ठले प्रशंसा गरेका छन् । ट्रम्पले भने, ‘अमेरिकाका लागि साउदी भन्दा ठूलो तथा बलियो साझेदार अरु कुनै हुन सक्दैन ।’
आफ्नो अर्थतन्त्रलाई विस्तार गर्न ट्रम्पले खाडी मुलुकको भ्रमण गरेको बताइँदैछ । भ्रमणको पहिलो दिन साउदी अरेबियाले १४२ बिलियन डलरको हतियार सम्झौताको घोषणा गरेको र त्यसमा अन्य सम्झौता थपिएर १ ट्रिलियन डलर पुग्नसक्ने क्राउन प्रिन्सलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालका दौरान साउदीलाई पहिलो विदेशी साझेदार बनाएका थिए । उनले यसपछि कतार र युएईलाई पनि प्राथमिकतामा राखेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग शिष्टाचार भेट गरे भने उनलाई आर्ड अफ् अनरको सम्मान दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण