साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाएको प्रतिबन्ध हटाउने र साउदी अरेबियासँग १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा गरेका छन् । रियादमा बोल्दै उनले सिरियाविरुद्धको सबै प्रतिबन्ध हटाउने प्र्तिवद्धता व्यक्त गरेका हुन् ।
मध्यपूर्वको लामो भ्रमणमा निस्किएका उनले साउदी अरेबियाको मुक्तकण्ठले प्रशंसा गरेका छन् । ट्रम्पले भने, ‘अमेरिकाका लागि साउदी भन्दा ठूलो तथा बलियो साझेदार अरु कुनै हुन सक्दैन ।’
आफ्नो अर्थतन्त्रलाई विस्तार गर्न ट्रम्पले खाडी मुलुकको भ्रमण गरेको बताइँदैछ । भ्रमणको पहिलो दिन साउदी अरेबियाले १४२ बिलियन डलरको हतियार सम्झौताको घोषणा गरेको र त्यसमा अन्य सम्झौता थपिएर १ ट्रिलियन डलर पुग्नसक्ने क्राउन प्रिन्सलाई उद्दृत गर्दै बीबीसीले जनाएको छ ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालका दौरान साउदीलाई पहिलो विदेशी साझेदार बनाएका थिए । उनले यसपछि कतार र युएईलाई पनि प्राथमिकतामा राखेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग शिष्टाचार भेट गरे भने उनलाई आर्ड अफ् अनरको सम्मान दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणले विद्युत नियमन आयोगलाई बुझाएन सेवाशुल्क बापतको ९० करोड ९८ लाख
-
इमरान खानले भने– पाकिस्तान पनि मेरो हो र सेना पनि
-
इजरायलसँगको सम्बन्धबारे ट्रम्पले सिरियालाई गरे यस्तो अपील
-
इरानसँग सम्झौता गर्न चाहन्छु : डोनाल्ड ट्रम्प
-
‘ओलम्पिकमा नेपाल’ को विमोचन
-
सरकारी निकायबाट ४ खर्ब ३५ अर्ब राजस्व तथा भाखा नाघेको ऋणको साँवा व्याज असुल गर्न बाँकी