वैकल्पिक शक्तिसँग सहकार्य गर्न नेसपा (नयाँ शक्ति)द्वारा राजनीतिक संवाद समिति गठन
_eCkkJIbQyk.jpg)
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले विचार मिल्ने वैकल्पिक शक्तिसँग सहकार्य गर्न राजनीतिक संवाद समिति गठन गरेको छ । मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले विचार मिल्ने वैकल्पिक, नयाँ र अग्रगामी शक्तिहरूसँग सहकार्य गर्न उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा संवास समिति गठन गरेको हो ।
समितिमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जीएस गुरुङ सदस्य रहेका छन् । त्यस्तै पार्टीले आगामी जेठ ३० गते काठमाडौँमा पार्टी स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय पनि गरेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए।
त्यस अवसरमा देशभरिका सबै प्रदेश र स्थानीय तहहरूमा वृक्षारोपण, सरसफाइ, श्रमदान, रक्तदान, स्वास्थ्य शिविर लगायतका विविध रचनात्मक कार्यक्रमहरू आयोजना गरिने शर्माले बताए ।
बैठकले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले भारत प्रवासको क्रममा आयोजित अधिवेशनमा सहभागी भई त्यहाँका शीर्ष राजनीतिक नेतृत्व, कूटनीतिक नियोगका प्रतिनिधि र सञ्चारकर्मीहरूसँग नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी गरेको उच्चस्तरीय भेटघाट र राजनीतिक संवादले दुई देशबिचको सम्बन्ध, आपसी हित र नेपालको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा सकारात्मक भूमिका खेलेको ठहर गरेको छ।
बैठकमा अध्यक्ष डा बाबुराम भट्टराईले मुलुक ढिलो चाँडो वैकल्पिक राजनीतिको स्पष्ट मार्गचित्रमा अघि बढ्ने विश्वास व्यक्त गर्दै नयाँ विचार र राजनीतिको माध्यमबाट जनतामाझ पुग्न सबै पदाधिकारीहरूलाई आह्वान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा
-
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भएपछि थन्कियो- सांसद पाण्डे
-
रवीन्द्र मिश्रसहित इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ : सांसद गिरी
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
-
आमिरले आमा र प्रेमिका गौरीको गराइदिए भेट