वैकल्पिक शक्तिसँग सहकार्य गर्न नेसपा (नयाँ शक्ति)द्वारा राजनीतिक संवाद समिति गठन
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले विचार मिल्ने वैकल्पिक शक्तिसँग सहकार्य गर्न राजनीतिक संवाद समिति गठन गरेको छ । मंगलबार बसेको पार्टीको पदाधिकारी बैठकले विचार मिल्ने वैकल्पिक, नयाँ र अग्रगामी शक्तिहरूसँग सहकार्य गर्न उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा संवास समिति गठन गरेको हो ।
समितिमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जीएस गुरुङ सदस्य रहेका छन् । त्यस्तै पार्टीले आगामी जेठ ३० गते काठमाडौँमा पार्टी स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय पनि गरेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए।
त्यस अवसरमा देशभरिका सबै प्रदेश र स्थानीय तहहरूमा वृक्षारोपण, सरसफाइ, श्रमदान, रक्तदान, स्वास्थ्य शिविर लगायतका विविध रचनात्मक कार्यक्रमहरू आयोजना गरिने शर्माले बताए ।
बैठकले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले भारत प्रवासको क्रममा आयोजित अधिवेशनमा सहभागी भई त्यहाँका शीर्ष राजनीतिक नेतृत्व, कूटनीतिक नियोगका प्रतिनिधि र सञ्चारकर्मीहरूसँग नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी गरेको उच्चस्तरीय भेटघाट र राजनीतिक संवादले दुई देशबिचको सम्बन्ध, आपसी हित र नेपालको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा सकारात्मक भूमिका खेलेको ठहर गरेको छ।
बैठकमा अध्यक्ष डा बाबुराम भट्टराईले मुलुक ढिलो चाँडो वैकल्पिक राजनीतिको स्पष्ट मार्गचित्रमा अघि बढ्ने विश्वास व्यक्त गर्दै नयाँ विचार र राजनीतिको माध्यमबाट जनतामाझ पुग्न सबै पदाधिकारीहरूलाई आह्वान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण