साउदीबाट कतार पुगे ट्रम्प
बुधबार, ३१ वैशाख २०८२, १२ : ०५

रियाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कतार पुगेका छन् । आफ्नो दोस्रो कार्यकालको बृहत् विदेश भ्रमणको दोस्रो गन्तव्यको रूपमा उनी कतार पुगेका हुन् । यसअघि उनी मङ्गलवार एयर फोर्स वनको जेट चढेर साउदी अरबको भ्रमण गरेका थिए ।
‘हामीले अमेरिकाका लागि सुनौलो युग सुरु गरेका छौँ ।’ रियादमा एउटा भाषणमा बोल्ने क्रममा ट्रम्पले भने । ‘मध्य पूर्वको सुनौलो युग हाम्रो सँगसँगै अगाडि बढ्न सक्छ,’ अझ अगाडि उनले भनेका थिए ।
कतारको भ्रमण सकेर ट्रम्प संयुक्त अरब इमिरेट्स (यूएई) पनि जानेछन् । साउदी बसाइको क्रममा ट्रम्पले १ खर्ब ४२ अर्ब डलरको हतियार सम्झौता गरेका छन् । कतारले अमेरिकी राष्ट्रपतिलाई ७४७ बोइङ विमान उपहारमा दिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
-
लोकप्रियतावादतिर लाग्दिनँ भन्दै अर्थमन्त्रीले बजेटबारे गरेका पाँच संकेत
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
-
शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय