न्यायालय
रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश
बुधबार, ३१ वैशाख २०८२, १७ : ००

समाचार सारांश
- सर्वोच्च अदालतले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई बन्दीप्रत्यक्षीकरण रिटमा अनुसन्धानको मिसिलसहित उपस्थित हुन आदेश दिएको छ।
- न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै शुक्रबार मिश्रलाई इजलासमा उपस्थित गराउन भनेको छ।
- गत चैत्र १५ गते तीनकुनेमा राजावादी समूहले हिंसात्मक गतिविधि गरेपछि मिश्रसहित दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो।
- प्रहरीले मिश्रमाथि राज्यद्रोह, संगठित अपराध, र आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अनुसन्धानको मिसिलसहित र बन्दी मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश गरेको छ ।
बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको हो । साथै नेपाल प्रहरी प्रधान कार्यालयलाई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न पनि आदेश गरिएको छ ।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले मिश्र सहित दुर्गा प्रसाईं लगायतलाई पक्राउ गरेको थियो । मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपारीबाट २५ अर्ब बराबरको राजश्व संकलन हुन्छः मन्त्री भण्डारी
-
नेहाल र शशांकको शानदार ब्याटिङ, राजस्थानसामु २२० रनको लक्ष्य
-
हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा
-
दुर्व्यसनीविरुद्ध प्रीति आलेले ल्याइन् ‘चाहिँदैन भो’
-
बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड
-
कस्तो छ बीपी राजमार्गको पछिल्लो अवस्था ?, तस्बिरमा हेर्नुहोस्