‘मिस वर्ल्ड’को ‘स्पोर्ट्स च्यालेन्ज’मा इस्टोनियालाई स्वर्ण
आइतबार, ०४ जेठ २०८२, १७ : १९
काठमाडौँ । ७२ औँ ‘मिस वर्ल्ड’ भारतको तेलगांनामा जारी छ ।
११० देशका प्रतियोगीबाट आफ्नो सांस्कृतिक पहिचान प्रस्तुतसँगै सुरु भएको प्रतियोगिताको ‘स्पोर्ट्स च्यालेन्ज’ शनिबार आयोजना भएको हो । जसमा इस्टोनियाकी एलिस रान्डमाले स्वर्ण जितेकी छन् । जितसँगै उनी उत्कृष्ट ४० भित्र पर्न सफल भएकी छन् ।
‘स्पोर्ट्स च्यालेन्ज’ टिम अमेरिका र क्यारेबियन, टिम अफ्रिका, टिम युरोप र टिम एसिया र ओसियाना समूहमा विभाजन गरेर आयोजना भएको थियो ।
भारतीय खेलाडीको मल्लखम्ब, कलात्मक योग र मणिपुरी मार्सल आर्ट प्रदर्शनबाट सुरु भएको ‘स्पोर्ट्स च्यालेन्ज’मा ब्याडमिन्टन, बास्केटबल, फुटबललगायत विभिन्न खेल भएका थिए ।
प्रतियोगितामा नेपालबाट मिस नेपाल २०२३ की विजेता शृच्छा प्रधान सहभागी छिन् । प्रतियोगिताको फाइनल मे ३१ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण