सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

‘मिस वर्ल्ड’को ‘स्पोर्ट्स च्यालेन्ज’मा इस्टोनियालाई स्वर्ण

आइतबार, ०४ जेठ २०८२, १७ : १९
आइतबार, ०४ जेठ २०८२

काठमाडौँ । ७२ औँ ‘मिस वर्ल्ड’ भारतको तेलगांनामा जारी छ ।

११० देशका प्रतियोगीबाट आफ्नो सांस्कृतिक पहिचान प्रस्तुतसँगै सुरु भएको प्रतियोगिताको ‘स्पोर्ट्स च्यालेन्ज’ शनिबार आयोजना भएको हो । जसमा इस्टोनियाकी एलिस रान्डमाले स्वर्ण जितेकी छन् । जितसँगै उनी उत्कृष्ट ४० भित्र पर्न सफल भएकी छन् । 

‘स्पोर्ट्स च्यालेन्ज’ टिम अमेरिका र क्यारेबियन, टिम अफ्रिका, टिम युरोप र टिम एसिया र ओसियाना समूहमा विभाजन गरेर आयोजना भएको थियो । 

भारतीय खेलाडीको मल्लखम्ब, कलात्मक योग र मणिपुरी मार्सल आर्ट प्रदर्शनबाट सुरु भएको ‘स्पोर्ट्स च्यालेन्ज’मा ब्याडमिन्टन, बास्केटबल, फुटबललगायत विभिन्न खेल भएका थिए । 

प्रतियोगितामा नेपालबाट मिस नेपाल २०२३ की विजेता शृच्छा प्रधान सहभागी छिन् । प्रतियोगिताको फाइनल मे ३१ मा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप