सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

नागढुंगामा इन्स्पेक्टरबाट प्रहरी हवल्दार कुटिए

बुधबार, ३१ वैशाख २०८२, १७ : ४३
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साहले एकजना प्रहरी हवल्दारलाई कुटेका छन् । बुधवार सडकमै साहले प्रहरी सहायक हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

त्यसबारे बुझ्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए । उनले भने, ‘त्यहाँ कार्यरत इन्स्पेक्टर र जुनियर प्रहरीको बिचमा विवाद भएको देखिन्छ ।’ 

कुटाई खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए । ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन् । सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमाण्डमा जानकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप