भूकम्प
सोलुखुम्बुमा भूकम्पको धक्का
बुधबार, ३१ वैशाख २०८२, १९ : ०७
सारांश
- बुधबार साँझ सोलुखुम्बु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
- भूकम्प साँझ ६ बजेर ११ मिनेटमा गएको थियो।
- भूकम्पको तीव्रता म्याग्निच्युडमा ४.६ मापन गरिएको छ।
- भूकम्पको केन्द्रविन्दु सोलुखुम्बुको छेक्साम आसपास रहेको थियो।
काठमाडौँ। सोलुखुम्बु जिल्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा सो भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु जिल्लाको छेक्साम आसपास रहेको थियो । भूकम्पको तीव्रता म्याग्निच्युडमा ४.६ मापन गरिएको छ ।
यसअघि गत वैशाख १४ गते डोल्पाको कान्जिरोबा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस्तै, वैशाख १२ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.१ म्यग्निच्युड तथा त्यसको एक दिनअघि रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्डको भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण