सूर्यविनायकमा मेलम्चीको पानी वितरण

भक्तपुर । यहाँको सूर्यविनायक नगरपालिकाले वडा नं–६ स्थित पाण्डुबजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको खानेपानी ट्याङ्कीबाट नगरक्षेत्रका विभिन्न वडामा मेलम्चीको खानेपानी वितरण सुरु गरेको छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले संयुक्त रुपमा आज मेलम्ची खानेपानी वितरणको उद्घाटन गरेका हुन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायकमा खानेपानीको चरम अभाव अब अन्त्य हुने बताए ।
बागमती प्रदेश सरकारको रु एक करोड र सूर्यविनायक नगरपालिकाको रु आठ करोड बजेटमा सूर्यविनायक बृहत खानेपानी आयोजनामार्फत मेलम्चीको पानी वितरण गरिएको उनले बताए । नगरपालिकाले ‘केयुकेएल’मार्फत खानेपानी वितरण गरेको नगरपालिकाका–७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले जानकारी दिए ।
नगरपालिकाले २०८० असोजमा बृहत्त खानेपानी आयोजना सुरु गरेको थियो । अब दैनिक ३५ लाख लिटर पानी वितरण हुने जनाइएको छ । नगरपालिकाका नगर प्रवक्ता रवीन्द्र सापकोटाले पहिलो चरणमा वडा नं २ देखि ६ सम्म र दोस्रो चरणमा ७ देखि १० वडावासीलाई मेलम्चीको पानी वितरण गर्ने योजना रहेको बताए ।
हालसम्म १० हजार ९७० मिटर पाइपलाईन विस्तार सम्पन्न भएको र वडा नंं १ सिरुटारमा दुई देखि तीन किलोमिटर पाइपलाइन विस्तार गर्न बाँकी रहेको उनले जानकारी दिए ।
हालसम्म सुवर्णेश्वर, पाण्डुबजार, बालकोट, दक्षिणबाराही, सिकारीटार, घट्टेखोलालगायतका ट्याङ्कीमा मेलम्चीको पानी पठाइएको छ । छिट्टै मेलम्चीको पानी नगरभित्रका ३५ हजार घरधुरीसम्म पुर्याउने लक्ष्य राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित
-
चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु
-
जुम्लामा हिमानी र हृदयेन्द्रद्वारा सिँचाइ पोखरीको उद्घाटन
-
‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’
-
इन्द्रसरोवरमा पानीको सतह घट्दै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?