सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
सारांश
- सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक लोसपा नेपालको कार्यालयमा बस्ने भएको छ, जसमा सात दलका अध्यक्षहरू सहभागी हुनेछन्।
- बैठकले आगामी कार्यदिशा र कार्यक्रमहरू तय गर्नेछ, यो मोर्चाको पहिलो औपचारिक बैठक हो।
- मोर्चामा जसपा नेपाल, लोसपा नेपाल, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा लगायतका दलहरू छन्।
काठमाडौँ । आज सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने भएको हो ।
चैत २१ गते घोषणा भएको मोर्चाको बैठक लोसपा नेपालको कार्यालयमा बस्ने जनता समाजवादी पार्टी नेपालका महासचिव एवं मोर्चाका सचिवालय सदस्य रामकुमार शर्माले बताए ।
मोर्चाको यो पहिलो औपचारिक बैठक हो । बैठकमा मोर्चामा सहभागी सात दलका अध्यक्षसहित अन्य पदाधिकारीहरू सहभागी रहने बताइएको छ । बैठकले अगामी कार्यदिशा तथा कार्यक्रमहरू तय गर्ने महासचिव शर्माले बताए ।
वैशाख २४ गते बसेको मोर्चाको अनौपचारिक बैठकले चार बुँदे निर्णय गरेको थियो । भारत र पाकिस्तानबिच तनाव बढिरहेका बेला मोर्चाले भारतले चालेको आतङ्कवाद विरुद्धको कदममा साथ दिएको थियो ।
मोर्चाले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको घटनाको निन्दा गर्दै सो घटनामा संलग्नलाई कारबाही गर्न माग समेत गरेको छ । मधेस जनविद्रोह, जनआन्दोलन, किराँत लिम्बुवान आन्दोलनलगायतका आन्दोलनका क्रममा मुद्दा लगाई जेलमा राखिएका राजबन्दीहरूलाई विना सर्त रिहाइ तथा झुटा मुद्दा लगाइएकाहरूको मुद्दा खारेज गर्न समेत मोर्चाले माग गरेको थियो ।
सरकारद्वारा विभिन्न आन्दोलनरत पक्षसँग विभिन्न समयमा गरिएका सम्झौताहरूलाई तत्काल कार्यान्वयन गर्न पनि मोर्चाले माग गर्दै आएको छ ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण