एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार पारौँ : महासचिव पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले देशको नेतृत्व गर्न एउटै दललाई ५ वर्षको अवसर दिनुपर्ने बताए।
- उनले बलियो राज्य निर्माण नभएसम्म सुधार कमजोर हुने र निर्णायक शक्ति आवश्यक रहेको बताए।
- पोखरेलले निजी क्षेत्रलाई राष्ट्रिय पार्टीलाई बलियो बनाउन एकजुट हुन आग्रह गरे।
- उनले प्रशासनिक झमेला र ब्युरोक्रेसीलाई लोभी बनाउन राजनीतिक दल र निजी क्षेत्र जिम्मेवार रहेको बताए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एउटै राजनीतिक दलले पाँच वर्ष मुलुकको नेतृत्व गर्न मिल्ने आधार तयार गर्न आवश्यक रहेको बताएका छन् ।
काठमाडौँमा नेकपा एमालेले बुधबार आयोजना गरेको नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेटको सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले मुलुकमा बलियो राज्यको सरकारको निर्माण नभएसम्म सुधारको प्रक्रिया कमजोर हुने बताएका हुन् ।
उनले बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी रहेको जिकिर गरे । आगामी निर्वाचनमा मिलीजुली सरकार नभई एउटै राजनीतिक दलले पाँच वर्ष नै सरकार चलाउने खालको आधार तयार गर्नुपर्ने उनको भनाई थियो ।
महासचिव पोखरेलले भने, ‘जबसम्म मुलुकमा एउटा बलियो राज्यको निर्माण हुँदैन, सुधारको प्रक्रिया कमजोर हुन्छ भन्ने अर्थमा हामीले बलियो निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने कुरा । यो मिलीजुली सरकार होइन । बलियो सरकार निर्माण गर्ने दिशातर्फ मुलुकलाई लैजानुपर्छ भन्ने अर्थमा दुई वटा पार्टी मिलेर आउने चुनाव एमाले वा काँग्रेसले जिते पनि, जसले जिते पनि पाँच वर्ष नै सरकार चलाउने खालको आधार तयार गर्नुपर्दछ भन्ने मान्यता किन बनाएका छौँ त भन्दा यस्तै प्रकारको नीतिगत सुधारका लागि हो । तर तपाईँहरू जबसम्म राष्ट्रिय पार्टीहरूलाई बलियो बनाउनु पर्दछ भन्ने कुरामा निजी क्षेत्र एक भएर उभिँदैन । तबसम्म यी कुरा कठिन छन् ।’
महासचिव पोखरेलले प्रशासनिक झमेला र सुधारमा सबैले समस्या बेहोरिरहेको भन्दै नेपालको ब्युरोकेसीलाई लोभी बनाउने काम राजनीतिक दल र निजी क्षेत्र नै रहेको बताए । उनले भने, ‘त्यस अर्थमा सुधारको विषय तपाईंहरुको पनि संकल्प बन्नुपर्छ । माग गरेर मात्रै हुँदैन । वातावरण तयार गर्ने कुरा पनि त्यत्तिकै जरुरी छ । प्रशासनिक झमेला र सुधारको सन्दर्भको कुरा छ । नेपालमा हरेक क्षेत्रले बेहोरिरहेको समस्या हो यो । नेपालको ब्युरोकेसीलाई लोभी कसले बनायो भन्दा तपाईं हामीले बनाएका छौँ । अर्कोतिर इमानदार भनिएकाहरू कस्ता छन् भने कामै नगरी बिताउने खालका छन् । भ्रष्टहरूले कति भ्रष्टाचार गर्छन् होला भन्दा लगानीको १५ प्रतिशतसम्म आर्जन गर्दछन् होला । नोक्सान पुर्याउँछन् होला । तर विलम्ब गर्नेले शतप्रतिशत नोक्सान पुर्याउँछ । अर्थात् लागत दुई गुणा वृद्धि गर्दिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण